विश्व कीर्तिमानी आरोही सानु शेर्पाले फेरि कीर्तिमान राखे
काठमाडौं। विश्व कीर्तिमानी आरोही सानु शेर्पाले फेरि दोसौ पटक धौलागिरी हिमाल चढ्न सफल भएका छन्। विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेका आरोही शेर्पाले धौलागिरी हिमालको सफल आरोहण गरि विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्।
पायोनियर अड्भेन्चर ट्रेकसका अध्यक्ष पासाङ्ग शेर्पाका अनुसार सानु शेर्पाले शुक्रबार साढे १० बजे सफल आरोहण गरेका हुन्। अध्यक्ष शेर्पाका अनुसार सानु शेर्पाले आठहजार मिटरका १४ अग्ला हिमाललाई दुई पटकआरोहण गरी विश्वमै पहिलो व्यक्ति बन्न सफल भएका छन्।
सङ्खुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४८ वर्षीय सानु शेर्पाले हालसम्म १० वटा हिमालको आरोहण गरिसकेका छन्। यस पटकको धौलागिरी हिमाल आरोहण उनको ११ औं हिमाल रहेको छ।
कीर्तिमानी आरोही शेर्पाले कञ्चनजंगा, मकालु र गसेरब्रुम दुईको आरोहण सम्पन्न गरेपछि उनले विश्वमै दोहोरिएर १४ वटा अग्ला हिमालको आरोहण गर्ने व्यक्तिमा नाम लेखाउन सक्षम हुनेछन् । केही वर्ष अघि स्पेनका आरोही होनेटोले दोहोरो पटक अग्ला १४ हिमालको आरोहण प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् ।
शेर्पाले सन् २००६ मा पहिलो पटक छ्यो यु हिमालबाट आठ हजार मिटर अग्ला हिमालको आरोहण शुरु गरेका थिए। उनले सन् २०१९मा धौलागिरी हिमाल आरोहणसँगै १४ वटा हिमाल आरोहण सम्पन्न गरी विश्व कीर्तिमानी आरोहीको रुपमा नाम लेखाएका थिए।
हाल नेपालमा सङ्खुवासभाका मिङमा शेर्पा, छाङदावा शेर्पा, ताप्लेजुङका मिङमा ग्यावु शेर्पा र म्याग्दीका निर्मल पुर्जा गरी पाँच जनाले मात्र विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण सम्पन्न गरी कीर्तिमान कायम गरेका छन्।
उनले सन् २०१९ मै अग्ला सात वटा हिमालको दोस्रो पटक आरोहण सम्पन्न गरेका थिए। साथै, सन् २०२१ मा अन्नपूर्ण, ल्होत्से र केटु हिमालको आरोहण गरेका थिए।
No ads found for this position


Facebook Comment