विश्वमा कोरोना : संक्रमितको संख्या २३ करोड बढी, मृत्यु हुनेको संख्या ४८ लाख

डिसी नेपाल
२० असोज २०७८ ६:२०

काठमाडौं । विश्वमा कोरोना संक्रमित हुनेको संख्या २३ करोड बढी पुगेको छ। तथ्याङ्कअनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या २३ करोड ६५ लाख ६३ हजार आठ सय ८७ पुगेको छ।

यस्तै, कोरोनाका कारण ज्यान गुमानेको संख्या पनि करिव आधा करोड पुगेको छ। हालसम्म ४८ लाख ३० हजार पाँच सय ७७ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेहरुमा सबै भन्दा बढी अमेरिकामा सात लाख २४ हजार ६ सय ७७ जना रहेका छन्।

गत २४ घण्टामा विश्वभर कोरोना संक्रमित हुनेको संख्या चार लाख तीन हजार चार सय ८५ थप भएको छ भने सात हजार तीन सय ९३ जनाले ज्यान गुमाउनु परेको छ।

गत २४ घण्टामा अमेरिकामा सबै भन्दा बढी ९१ हजार १५ जना कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन्। यो संगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या चार करोड ४७ लाख ७७ हजार चार सय चार जना पुगेको छ।

यस्तै भारतमा पनि गत २४ घण्टामा १९ हजार तीन सय ८० जना कोरोनाका संक्रमित थपिएका छन्। हालसम्म भारतमा कोरोनाका संक्रमित हुनेको संख्या तीन करोड ३८ लाख ७० हजार तीन सय ८५ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *