हिन्द–प्रशान्त क्षेत्रमा के सँग ठोकियो अमेरिकी पनडुब्बी ?

डिसी नेपाल
२२ असोज २०७८ ११:४१
8
Shares

न्युयोर्क। अमेरिकी आणविक पनडुब्बी हिन्द–प्रशान्त महासागरमा एउटा ‘अपरिचित’ बस्तुसँग ठोकिएको छ। ठोकिएपछि पनडुब्बीमा क्षति भएको अमेरिकाले जनाएको छ। आणविक उर्जामा तीब्र गतिमा चल्ने सो पनडुब्बी अन्तर्राष्ट्रिय पानीभित्र चल्ने क्रममा ठोकिएको अमेरिकाको नौसेनाले एक विज्ञप्तिमा जनाएको छ।

पनडुब्बी दुर्घटनामा परेपछि त्यहाँ सवार नौसेनाका एक दर्जन जवान घाइते भएका थिए । पनडुब्बीमा पुगेको क्षतिको जाँच भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान गरिने नौसेनाले जनाएको छ ।

‘पनडुब्बी ठोकिए पनि सुरक्षित र स्थिर अवस्थामा छ। दक्षिण चीन सागरतर्फ बढ्ने क्रममा पनडुब्बी कुनै बस्तुसँग ठोकिएको छ।’ नौसेनाले एक विज्ञप्तिमा भनेको छ।

दक्षिण चीन सागरको विषयलाई लिएर फिलिपिन्स, जापान र चीनबीच वर्षौंदेखि बिबाद छ । पछिल्ला समयमा सो सागरमा चीनले पनि गतिविधि बढाएको छ । सागरनजिक चीनले कृत्रिम टापुहरू बनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *