तीन विधेयक प्रमाणीकरण
काठमाडौं । लुम्बिनी प्रदेशका तीन विधेयक आज (शुक्रबार) प्रमाणीकरण भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७८र७९को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र प्रदेश नं ५ प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
गत बुधबार प्रदेशसभाबाट पारित भएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment