एनआरएनएको निर्वाचन र महाधिवेशन ६ महिनाका लागि स्थगित, सरकारको निर्देशन अस्वीकार गर्ने निर्णय

डिसी नेपाल
२४ असोज २०७८ २३:१४

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनए आईसीसीको अन्तराष्ट्रिय महाधिवेशन र चुनाव छ महिनाका लागि स्थगित भएको छ । गैरआवासीय नेपाली संघको सचिवालय बैठकले तत्कालका लागि अधिवेशन र चुनाव स्थगित गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले चार मुख्य बुंदाहरु उल्लेख गर्दै ती बुंदाहरु सच्याएरमात्र अधिवेशन तथा चुनाव गर्न निर्देशन दिएपछि एनआरएनए आईसीसीको चुनाव र महाधिवेशन अन्यौलमा परेको थियो । सोही अन्यौलका कारण आईसीसी सचिवालयको बैठकले यही अक्टोबर २० तारिकमा हुनुपर्ने निर्वाचन कार्यक्रम तथा त्यसपछि दुई दिनसम्म काठमाडौंमा तोकिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको हो ।

एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्तले अधिवेशन तथा चुनाव स्थगित भएको पुष्टि गरे । उनले डिसी नेपालसंग भने, विधानवमोजिम ६ महिनासम्म पर सार्न मिल्ने भएकाले सोही अनुसार, तत्कालका लागि महाधिवेशन र चुनाव स्थगित गर्ने निर्णय गरेका छौं ।

एनआरएनएले नेपाल सरकारको छानविनपछि प्राप्त भएको निर्देशन पत्रलाई अस्वीकार गर्ने निर्णय पनि गरेको छ । र, पत्रबारे सरकारसंग थप छलफल गर्ने भएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *