पाकिस्तानी परमाणु बमका पिताको निधन

डिसी नेपाल
२४ असोज २०७८ २३:३५
24
Shares

काठमाडौं । पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको निधन भएको छ । लामो समयदेखि कोभिड १९ बाट बिरामी परेका ८५ वर्षीय खानको उपचारका क्रममा आइतबार निधन भएको हो ।

सन् १९७० को दशको शुरवात्मा पाकिस्तानलाई परमाणु हतियारयुक्त देश बनाउँने दिशातर्फ डोर्याउँन उनको महत्त्वपूर्ण भूमिका रहेको छ। पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रशीद अहमदले राजधानी इस्लामावादको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताएका छन् । उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न हजारौँको सङ्ख्यामा सर्वसाधारण जनताको उपस्थिति रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । राजकीय सम्मानसाथ उनको अन्तिम विदाइ गरिएको छ । साथै उनको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइएको, स्थानीय प्रशासनले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *