रूसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

डिसी नेपाल
२५ असोज २०७८ ७:१२

मस्को। रूसमा एउटा विमान दुर्घटनामा परेको छ। दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको रुसी समाचार संस्था टासले जनाएको छ। दुर्घटनापछि ७ जनाको जीवितै उद्दार गरिएको छ।

राजधानी मस्कोबाट झन्डै १ हजार किलोमिटर पूर्वमा रहेको टेटार क्षेत्रमा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको विमान एउटा स्थानीय क्लबको रहेको जनाइएको छ । विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *