बौद्धमा बन्यो नेपालकै अग्लो स्पोर्ट्स क्लाइम्बिङ
काठमाडौं। नेपालको अहिलेसम्मको अग्लो ५५ फिट स्पोर्ट्स क्लाइम्बिङ बौद्धमा निर्माण भएको छ। नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले औपचारिक रुपमा सोमबार ‘क्रिमपान्जी अड्भेन्चर हब’ वालको शुभारम्भ गरेका हुन्।
६ महिना पछि सोमबार नेपालकै पहिलो अग्लो (क्रिमपान्जी अड्भेन्चर हब) वाल क्लाइम्बिङले औपचारिक रुपमा उदघाटन गरिएको हो। वालको उदघाटन गर्दै थापाले कोरोनाको जोखिम समयमा पनि पर्वतारोहणको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा चिनिने अर्को माध्यम बौद्धबाट सुरु भएको बताएका छन्। स्पोर्ट्स क्लाइक्लाइम्बिङको माध्यमबाट बालवालिकादेखि युवा पुस्तासम्म शारीरिक र मानसिक रुपमा स्वास्थ्य रहने थापाले विश्वास व्यक्त गरे।
संस्थापक पेम्वा नुरु शेर्पाले कोरोनाका कारण घरमै बस्न बाध्य बालवालिकाहरुलाई वाल क्लाइम्बिङमा आकर्षित गराउने र पर्वतारोहणको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। ‘हामीले यस सेन्टरमा वल क्लाइम्बिङ मात्र नभएर रेस्टुरेन्ट, सम्मेलन हल, साइकलिङ, बोन्डोरिङ किड् जोअन, गेम जोअन पनि सँगै राखेका छौं। अहिले वल क्लाइम्बिङ ओलम्पिक समावेस गरिएको छ,’ उनले भने।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा ६ का अध्यक्ष दिपेन्द्र लामा, २५ औं कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा, सांसद जीप छिरिङग लामा, सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्ग्येल जाङग्बु शेर्पा, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा बेल्जियमको मानद वाणिज्य दूतावास आङ छिरिङ शेर्पा, महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक दुन्डीराज न्यौपाने, विश्वको १४ वटा अग्ला हिमशृखंलाको सफल आरोहण गर्ने पहिलो नेपाली र सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा, विश्वको १४ वटा अग्ला हिमशृखंलाको सफल आरोहण गर्ने सबै भन्दा कान्छो र इलाट एक्स्पेडका संस्थापक मिङमा डेविड शेर्पा, नेपाल माउन्टिनिरिङ प्रशिक्षक संघका अध्यक्ष लाक्पा शेर्पा लगाएतको उपस्थिती रहेको थियो।
No ads found for this position


Facebook Comment