त्यसबेलाको सलामीमा प्रधानसेनापतिलाई के भएको थियो? मञ्चमा थिए तर सलामीमा देखिएनन् (भिडियाे र तस्वीरसहित)

डिसी नेपाल
२७ असोज २०७८ ११:१८

काठमाडौं। बडा दशैंको महासप्तमीका दिन नेपाली सेनाले इतिहासदेखि नै मनाउँदै आएको सैनिक मञ्च टुँडिखेलको फूलपाति बडाईंमा यसपल्ट प्रधानसेनापति प्रभुराम शर्मा अनुपस्थित भए। राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएको सो कार्यक्रममा उनको अनुपस्थितिले सेनाभित्र र बाहिर प्रश्न उठायो।

यो थाहा पाएर नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले हतार हतार प्रतिक्रिया सार्वजानिक गरे, प्रधानसेनापति शर्मालाई ज्वरो आएकोले कार्यक्रममा उपस्थित हुन नसक्नु भएको हो भनेर। तर, शर्मा प्रधानसेनापति भएपछि राष्ट्रपति उपस्थित हुने र राष्ट्रले नै मनाउने उत्सवमा शर्मा अनुपस्थित भएको यो पहिलो पल्ट हो त?

सैनिक मञ्चको संविधान दिवसको कार्यक्रममा उनी पहिला नै मञ्चमा गएर बसेका देखिएका छन् र सलामीचाहिँ दुईतारे जर्नेललाई खटाइएको छ। त्यसबेला तीनतारे जर्नेल नियुक्त भइनसकेकाले दुईतारे जर्नेल नै राष्ट्रपतिको दाइनेतिर सलामीका बेला उपस्थित भएको भिडियो र तस्वीरहरुमा देखिएको छ।

राष्ट्रपति भण्डारीले सलामी लिएको फूलपाति बडाईंको कार्यक्रममा सैनिक सलामीका साथमा तीनतारे जर्नेल बालकृष्ण कार्की देखिएका थिए राष्ट्रपति भण्डारीका ठीक पछाडि दाइनेतिर। यो साइडमा प्रधानसेनापति उभिएर सलामी ग्रहण गर्नुपर्ने पुरानो परम्परा हो राष्ट्रिय सम्मानको समारोहमा।

यसपल्ट त उनी विरामी परेकाले रथी बालकृष्ण कार्की उपस्थित भएका थिए रथीकै हैसियतमा। तर, केही हप्ताअघि राष्ट्रले नै मनाएको अर्को एक दिवसमा पनि राष्ट्रपतिसहितलाई सेनाले दिएको राष्ट्रिय उत्सवको सलामीमा पनि प्रधानसेनापति प्रभुराम शर्मा अनुपस्थित भएको पाइएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिन अर्थात् असोज ३ गते लाई संविधान दिवसका रुपमा राष्ट्रिय दिवस मनाउने गरिएको छ। सो दिन विगत ६ बर्षदेखि नै नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा समारोहको आयोजना गरी संविधान दिवस मनाउने गरेको छ र सो अवसरमा हरेक बर्ष राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति उपस्थित हुने र सैनिक सलामी ग्रहण गर्ने प्रचलन सेनाले नै चलाएको छ।

गएका ५ बटा यी समारोहहरुमा सैनिक सलामीका साथमा प्रधानसेनापति छुटेको इतिहास छैन। तर, यसपल्ट सो कार्यक्रमको सलामी ग्रहण कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा उपस्थित थिएनन्। (हेर्नुहोस् भिडियो)।

तर, उनी किन अनुपस्थित भए भन्नेबारे त्यसबेला कसैले प्रश्न पनि उठाएन र सेनाको तर्फबाट कुनै जवाफ पनि सार्वजानिक भएको छैन। के राष्ट्रपति उपस्थित भएको सो कार्यक्रममा सलामीका बेला पनि प्रधानसेनापति शर्मा विरामी थिए ? उनी सेनापति भएपछि विदेश भ्रमणमा गएका छैनन्।

सामान्यतया अति आपतकालीन परिस्थिति नआई राष्ट्र्रिय दिवसजस्ता महत्वपूर्ण कार्यक्रमहरुमा सैनिक नेतृत्व विदेश वा उपत्यकावाहिर पनि जाने गर्दैनन्। र उनी सो कार्यक्रमस्थलमा उपस्थित पनि थिए।

सलामीपछिको आसन ग्रहणमा राष्ट्रपतिको दाइनेतिर उनी बसेको भिडियोमा देखिएको छ ।। तर सलामी समारोहमा उनी थिएनन् । जहाँ दुईतारे जर्नेल राष्ट्रपतिको दाइनेतिर उभिएर सलामी दिएको देख्न सकिन्छ।

सैनिक मञ्चको संविधान दिवसको कार्यक्रममा उनी पहिला नै मञ्चमा गएर बसेका देखिएका छन् र सलामीचाहिँ दुईतारे जर्नेललाई खटाइएको छ। त्यसबेला तीनतारे जर्नेल नियुक्त भइनसकेकाले दुईतारे जर्नेल नै राष्ट्रपतिको दाइनेतिर सलामीका बेला उपस्थित भएको भिडियो र तस्वीरहरुमा देखिएको छ।

तर राष्ट्रपति मञ्चमा पुगेपछि बस्ने सीटको लहरमा राष्ट्रपति भण्डारीको दाइनेतिर सेनापति शर्मा बसेका भने देखिन्छन् (हेर्नुहोस् तस्वीरहरु पनि)। सो कार्यक्रममा उपस्थित भई भई सलामी अर्पणजस्तो अति महत्वपूर्ण सैनिक कार्यक्रममा प्रधानसेनापतिको सहभागिता किन हुन सकेन?

राष्ट्रपति भण्डारीले सलामी लिएको फूलपाति बडाईंको कार्यक्रममा सैनिक सलामीका साथमा तीनतारे जर्नेल बालकृष्ण कार्की देखिएका थिए राष्ट्रपति भण्डारीका ठीक पछाडि दाइनेतिर। यो साइडमा प्रधानसेनापति उभिएर सलामी ग्रहण गर्नुपर्ने पुरानो परम्परा हो राष्ट्रिय सम्मानको समारोहमा।

यसपल्टको फुलपाति बढाईंको सलामीमा अनुपस्थित भएपछि एक महिनाअघिको सो कार्यक्रमको अनुपस्थितिबारे पनि प्रश्न उठेको हो। अहिले कार्यक्रममा विरामीको कारण अनुपस्थित हुनुपरेको सेनाले बताएको भए पनि गणतन्त्र दिवसको दिन कार्यक्रममा उपस्थित भएर पनि सलामीको अवसरमा सेनापतिको अनुपस्थितिको रहस्यचाहिं के थियो ? के सलामीको प्रणालीमै सेनाले परिवर्तन गर्न लागेको हो?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *