६ हजार २१४ परीक्षण गर्दा ४५५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा ६ हजार २१४ जनाको परीक्षण गर्दा ४५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ८०४ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४१८ पीसीआर परीक्षण गर्दा ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ७९६ परीक्षण गर्दा ५७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ८ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार बिहिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ जना रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment