रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न सर्वोच्च अदालतको आदेश

डिसी नेपाल
२८ असोज २०७८ १९:१४
644
Shares

काठमाडौं । सर्वोच्च अदालतले महिला अधिकारकर्मी रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न आदेश दिएको छ ।

बहुविवाहको आरोपमा गत शुक्रबार प्रहरीले रुबीलाई पक्राउ गरेर हिरासतमा राखेपछि अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रुबीलाई तत्काल रिहा गर्न र रिहापछि पुनः धरपकड नगर्न आदेश दिएको हो ।

बाँकेमा भएका दुईवटा महिला हिंसाको घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै रबीसहितको टोली न्यायको माग गर्दै नेपालगञ्जबाट २० दिनको पैदलयात्रापछि काठमाडौँमा आएर माइतीघर मण्डलामा धर्ना दिएका बेला गत शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि रुबीलाई नेपालगञ्ज लगिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *