अमेरिकाको नेपाली पाठशालाले अष्ट्रेलियामा समेत कक्षा संचालन गर्ने
टेक्सास, अमेरिका। नेपाली समाज टेक्सासद्वारा संचालित पाठशालाको नियमित कक्षा अष्ट्रेलियाको पर्थमा रहेको नेपाली समुदायका बालबालिकाहरुका निमित्त समेत शुरुवात गरिन भएको छ।
यसका लागि भर्ना प्रक्रिया पूरा गरी कक्षा यसै हप्ताको शुक्रबार अक्टोबर २२ बाट शुरु गरिन लागेको पाठशालाका प्रिन्सिपल विजयराज भट्टराईले बताए। अष्ट्रेलिया ग्रुपको निमित्त बिशेष सिलेबसको डिजाइन गरिएको छ।
अष्ट्रेलियामा रहेका अभिभावाकहरु पनि अमेरिकास्थित नेपाली पाठशालामा जोडिएर एउटा लामो इतिहास बनेको नेपाली पाठशालामा आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा, साहित्य र संस्कृति पढाउन पाउदा निकै खुशी रहेको प्रिन्सिपल भट्टराइले जानकारी दिए।
यस कक्षाका लागि शिक्षकको रुपमा डा. होम आचार्यलाई जिम्मेबारी दिइएको छ। नेपाली भाषामै स्नातकोत्तर गरेर अमेरिकाबाट ’एजुकेशनल लिडरशीप“ मा बिद्याबारिधि गरेका डा. आचार्य अमेरिकाकै सर्बोत्कृष्टहरु मध्येको एक विश्वबिद्यालय ’कोर्नेल युनिभर्सिटी’ मा नेपाली भाषाको पाठ्यक्रम निर्माण तथा नेपाली प्राध्यापनरत छन्।
नेपाल बाहिर नेपालीले संचालन गरेको सवैभन्दा ठूलो यस नेपाली पाठशालामा सामुदायिक बिद्यालयमा चारसयभन्दा बढी बिध्यार्थीहरु एकै सेमेस्टरमा भर्ना समेत भएका छन्।
उच्च गुणस्तरका शिक्षकहरु र उत्कृष्ट ब्यबस्थापनका कारण टेक्सासमा नेपाली समुदायले सन् २००४ देखि नै संचालन गर्दै आइरहेको नेपाली पाठशालाले अहिले १७ बर्षको स्कूलको इतिहासमा ठुलै छलाङ्ग मारेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment