बेलायती महारानी एलिजाबेथ अस्वस्थ

डिसी नेपाल
५ कार्तिक २०७८ ९:१२
340
Shares

लण्डन । बेलायती महारानी एलिजाबेथ अस्पतालमा एक रात बिताएर काममा फर्केकी छन्। महारानीको स्वास्थ्यमा समस्या देखिएपछि उत्तरी आयरल्याण्डको लागि तय गरिएका भ्रमण रद्द गरेपछि बुधबार राति अस्पतालमा भर्ना भएकी थिइन्।

९५ वर्षिया महारानीको लण्डनस्थित निजी किङ एडर्व सातौं अस्पतालमा उपचार भएको थियो। उनी विगत ८ वर्षपछि पहिलो पटक अस्पतालमा भर्ना भएकी थिइन्।

उनीले बिहीबार खाजाको समयपछि महारानीको कार्यालय विन्डसर क्यासल फर्किए काम गरेकी थिइन्। उनको उपचार कोडिभ-१९ सँग सम्बन्धीत नभएको स्थानिय मिडियाले जनाएका छन्।

चिकित्सकले उनलाई एक साता आराम गर्न सल्लाह दिइएका छन्।

महारानीले मंगलबार साँझ विन्सर क्यासलमा आयोजिक एक कार्यक्रममा प्रिन्स चाल्र्स, प्रिन्स विलियम र प्रधानमन्त्री बोरिस जोन्सन, बिल गेट्स र अमेरिकी जलवायु दूत जोन केरीसँग भेट गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *