फिल्म सुटिङका क्रममा अभिनेताले गल्तीवश गोली चलाउँदा सिनेमाटोग्राफरको मृत्यु
काठमाडौं। हलिउड फिल्म रस्टको सुटिङको क्रममा सेटमा गल्तीवश गोली चल्दा एक सिनेमाटोग्राफरको मृत्यु भएको छ । हलिउड अभिनेता एलेक बाल्डविनले आफ्नो आउँदो फिल्म रस्टको सेटमा गल्तीवश गोली चलाएका थिए । गोली एक सिनेमाटोग्राफरलाई लाग्यो र उनको मृत्यु भयो । यो दुर्घटना त्यो बन्दुकबाट भएको थियो जुन बन्दुकको प्रयोग फिल्ममा गरिएको थियो ।
द हलिउड रिपोर्टरका अनुसार बिहीबार भएको दुर्घटनामा ४२ वर्षकी सिनेमाटोग्राफर हलिना हचिन्सको मृत्यु भएको हो । घटनामा लेखक तथा निर्देशक ४८ वर्षका जोएल सुजा घाइते भएका छन् । पुलिसले कुनै आपराधिक केस दर्ता नगरिएको र घटनाको जाँच भइरहेको बताएको छ । बन्दुकमा कसरी सक्कली गोली भरियो वा अन्य कुनै कारणले यो दुर्घटना भयो भन्ने स्पष्ट भएको छैन । बाल्डविन, सुजा र रस्टका कार्यकारी निर्माताका प्रतिनिधिले केही बोलेका छैनन् ।







डिसी नेपाल







Facebook Comment