रोहिंग्या शरणार्थी शिविरमा अन्धाधुन्ध गोली हानेर कम्तीमा ७ जनाको हत्या
काठमाडौं। बंगलादेशको कक्स बजारमा रहेको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोलीबारीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । यो आक्रमण रोहिंग्या शरणार्थी शिविरमा रहेको मदरसामा भएको थियो । आक्रमणकारीको पहिचान हुन सकेको छैन । बंगलादेशको प्रमुख अखबार ढाका ट्रिब्युका अनुसार ४ जनाको घटनास्थलमै र अन्य ३ जनाको अस्पतालमा मृत्यु भएको हो ।
सुरक्षा बलका एक अधिकारीका अनुसार अज्ञात व्यक्तिहरुले बिहान करिब ४ बजे उखियामा क्याम्प नम्बर १८ को ब्लक एच–५२ मा मदरसामा आक्रमण गरेका थिए । पहिले यो आक्रमणलाई २ प्रतिद्वन्द्वी रोहिंग्या समूहको संघर्ष भनिएको थियो । उखियाका एसपी शिहाब क्यासरका अनुसार पुलिसले एक आक्रमणकारीलाई बन्दुक र गोला बारुदसहित पक्राउ गरेको छ । अन्य २ आरोपीलाई पक्राउ गर्नको लागि क्याम्पमा छापामारी भइरहेको छ ।
बंगलादेशको कक्स बजारमा रहेको कुटुपालोङमा रहेको रोहिंग्या शरणार्थी शिविर विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर हो । यहाँ करिब १० लाख रोहिंग्या शरणार्थी बस्छन् । यी रोहिंग्या मुस्लिमहरु २०१७ मा म्यानमारबाट भागेर आएका थिए । २०१७ मा बौद्ध बाहुल्य म्यानमारमा त्यहाँको सेनाले रोहिंग्याविरुद्ध कारवाही गरेको थियो । त्यसपछि रोहिंग्याहरु त्यहाँबाट भागेका थिर्ए । भागेकामध्ये धेरैजसो बंगलादेशमा बसेका छन् ।







डिसी नेपाल







Facebook Comment