जंगलमा जनावरसँग हुर्किएका ‘रियल लाइफ मोगली’ सुट बुट लगाएर स्कुल जान थाले
काठमाडौं। अफ्रिकी देश रुवाण्डाका जन्जीमन एली नामका व्यक्ति अहिले चर्चामा छन् । जन्जीमनलाई रियल लाइफ मोगली भनिन्छ । जन्जीमन बाल्यकालमा मानवको बीचमा नभइ जंगली जनावरको बीचमा हुर्किएका थिए । लामो समयसम्म जंगलमा जंगली जनावरहरुसँग जंगलमा बसेका कारण उनका क्रियाकलाप मानिसभन्दा पूरै अलग भएका थिए । तर, अब विस्तारै जन्जीमन सामान्य बन्दैछन् । उनी अब स्कुल पनि जान लागेका छन् ।
द सनको रिपोर्टअनुसार जन्जीमनको जन्म १९९० मा भएको थियो । जन्मनेबित्तिकै उनी माइक्रोसेफली नामको रोगबाट पीडित भए । यो रोगका कारण उनको अनुहार विचित्रको भयो र टाउको शरीरको तुलनामा निकै सानो भयो । केही ठूलो भएपछि जन्जीमन झनै भयानक देखिन थाले । मानिसहरुले उनलाई जिस्क्याउने र सताउने गर्न थाले ।
मानिसहरुले सताउन थालेपछि जन्जीमन सानैमा घर छाडेर जंगलमा गएर बस्न थाले । उनी आफ्नो अधिकांश समय जंगलमै बिताउँथे । परिवारले उनलाई घरमा ल्याएर राख्ने निकै कोसिस गरे तर उनी भागेर जंगलमै जान्थे । सानैदेखि उनलाई जंगलमा जनावरहरुको बीचमा बस्न मन पर्थ्यो । कैयौं वर्षसम्म उनी जंगलमा मोगलीजस्तै जीवन बिताएर बसे । मानिसहरुले उनलाई रियल लाइफ मोगली भन्न थाले ।
यही बीचमा केही मानिसहरुले उनलाई मानिसहरुको बीचमा फर्काउने अभियान सुरु गरे । अफ्रिम्याक्स टिभीले फण्ड जम्मा गर्न सुरु गर्यो । विश्वभरका दशृकहरुले धेरै रकम दान दिए । अब यो पैसाले जन्जीमन र उनकी आमा आरामले जीवन बिताउन सक्छन् ।
स्थानीय समाचार साइट एटिंकान्यूजका अनुसार अब जन्जीमन एली चन्दाबाट जम्मा भएको पैसाको सहयोगमा सामान्य जीवन बाँच्ने बाटोमा छन् । उनलाई एक विशेष स्कुलमा भर्ना गरिएको छ । यस क्रममा उनी सुट समेत लगाउन थालेका छन् । उनीस् जंगलको सट्टा आफ्नो घरमा बस्न थालेका छन् । गत वर्ष जन्जीमनको बारेमा एउटा डकुमेन्ट्री बनाइएको थियो ।







डिसी नेपाल







Facebook Comment