विश्वरेकर्ड बनाउँदै एकैपटक जन्मिएका ९ बच्चाको अवस्था अहिले कस्तो छ ?
काठमाडौं। विश्वरेकर्ड बनाउँदै एउटै आमाको कोखबाट एकैपटक जन्मिएका ९ जना बच्चाहरुको अवस्था सुधार हुँदै गएको छ । जन्मिँदा निकै कम तौलका यी बच्चाहरु विस्तारै सप्रिँदै गएको र उनीहरु अब छिटै घर जान सक्ने द सनमा प्रकाशित एक रिपोर्टमा जनाइएको छ ।
यी ९ बच्चाहरुको जन्म गएको मे महिनामा सिजेरियन प्रविधिबाट भएको थियो । उनीहरुमध्ये ५ जना छोरी र ४ जना छोराहरु छन् । जन्मिँदा उनीहरुको तौल २.२ पाउण्ड मात्र थियो । उनीहरुलाई जन्मिएदेखि नै अस्पतालमा राखिएको छ जहाँ उनीहरुको स्याहारको लागि ४ जना नर्सहरुसहित उनीहरुकी आमा २६ वर्षकी हलिमा अरबी सिसे र उनीहरुका पिता ३५ वर्षका कादर खटिएका छन् ।
पहिल्यै २ वर्षकी एक छोरीका अभिभावक यो दम्पतीले यी बच्चाहरुलाई जन्माउन आफ्नो देश पश्चिम अफ्रिकाको मालीबाट मोरक्कोमा आएका थिए । त्यसपछि अहिलेसम्म उनीहरुको हेरचाहको लागि माली सरकारको १ मिलियन पाउण्ड (१६ करोड रुपैयाँ) खर्च भइसकेको छ ।







डिसी नेपाल







Facebook Comment