थप ५५७ जनामा सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु

डिसी नेपाल
७ कार्तिक २०७८ १७:०२

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ६ हजार ६१ जनामा पीसीआर परीक्षण गरिएकोमा ५२२ जनामा र १ हजार ५६४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८७७ जना कोरोना मुक्त भएका छन्। यसैगरी, पछिल्लो २४ घण्टामा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर १० हजार २०१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *