यातायात व्यवस्था विभागले खुला गर्याे नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहाेस् फारम
काठमाडौं। यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ । विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ।
सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन्। विभागका अनुसार सेवाग्राहीले यातायात विभागकाे वेबसाइटमा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment