नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी पुलमा पहिरो खस्दा यातायात प्रभावित
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा आज बिहान माथिबाट ढुङ्गासहितको पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ। पहिरो खसेपछि अहिले यस सडकखण्डमा दुईतर्फी यातायात अवरुद्ध भई एकतर्फी मात्र सञ्चालनमा आएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले घटनालगत्तै सडकमा खसेको पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिएका छन्। सडकमा थप ढुङ्गा झर्ने क्रम नरोकिएमा पहिरो पूर्ण रूपमा पन्छाएर दुईतर्फी यातायात सुचारु गर्न केही समय लाग्ने उनले बताएका छन्।
वर्षायाम सुरु भएयता यो सडकखण्ड पटक-पटक पहिरोको उच्च जोखिममा पर्दै आएको छ। यस संवेदनशील अवस्थालाई मध्यनजर गर्दै प्रहरीले यस मार्ग भएर यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई उच्च सतर्कता अपनाउन र सावधानीपूर्वक यात्रा गर्न विशेष आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment