भारतद्वारा ५ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइल परीक्षण

डिसी नेपाल
११ कार्तिक २०७८ ८:४३
596
Shares

नयाँ दिल्ली । भारतले अग्नी–५ मिसाईलको सफल परीक्षण गरेको छ। उडिसाको एपीजे अब्दुल कलाम टापुबाट ‘सतहबाट सतहमा’ पुग्ने मिसाईल परीक्षण गरेको हो। मिसाईलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ।

मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले बिकिसत गरेको थियो। अन्तरमहादेशीय व्यालेष्टिक मिसाईल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ।

जुनमा भारतले अग्नी प्राइम मिसाइल परीक्षण गरेको थियो। आणविक क्षमतायुक्त सो मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *