प्रशान्त महासागरमा अमेरिकी बन्दरगाह ध्वस्त पार्न चीनले गर्यो यस्तो परीक्षण
बेइजिङ। चीनले पहिलो पटक समुद्रभित्र बिस्फोटक परीक्षण गरेको छ। अमेरिकासँग वास्तविक युद्ध भएमा उसको बन्दरगाह ध्वस्त पार्न यस्तो परीक्षण गरिएको बेइजिङले जनाएको छ । परीक्षण गरिएको पछिल्लो प्रविधिप्रति वासिंगटनले चासो देखाएको छ।
यसअघि चीनले शत्रु मुलुकको लडाकू विमान ध्वस्त पार्ने रकेट र आवाजभन्दा चाँडो पुग्ने स्याटलाईट परीक्षण गरेको थियो । एउटा नक्कली बन्दरगाहलाई निशाना बनाएर समुद्रभित्र गरिएको परीक्षणमा ठूलो बिस्फोट भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
प्रशान्त महासागरमा अमेरिकी गतिविधिलाई निशाना बनाउन तथा शत्रुको सम्भाव्य हमलाबाट हुने क्षति न्यून गर्न पछिल्लो परीक्षण गरिएको सो पत्रिकाले जनाएको छ । यस्तो हमलाले शत्रुको विमानलाई समुद्रमा तैरिरहन जोगाउने उपकरणलाई क्षति पुर्याउने चीनको दाबी छ ।
‘बन्दरगाहमा आक्रमणसँगै शत्रुको उपकरण कमजोर बनाउने र लडाकु फौजलाई तितरबितर बनाउनेछ,’ चीनका एक सैन्य विज्ञले भने ।
तर, चीनले परीक्षण गरेको सो प्रविधि अन्य स्याटलाइट कब्जा गर्न पनि प्रयोग हुने अमेरिकाको भनाई छ । बेइजिङले जुलाई र अगस्टमा पनि आणविकयुक्त हतियार परीक्षण गरेको थियो । गुप्तचर स्रोतको चुहावटपछि मात्र यसै साता त्यसको खुलासा भएको थियो ।
यसअघि चीनले परीक्षण गरेको उपकरणले तीब्र गतिमा पृथ्वीको परिक्रमा गरि मार हान्न सक्ने जनाइएको थियो । सो उपकरणलाई शत्रुको रक्षा प्रणाली ध्वस्त पार्ने सोभियत युनियनकालीन समयका आणविक प्रणाली एफओबीएससँग तुलना गरिएको छ ।
परीक्षण स्वीकार गरे पनि त्यसमा आणविक हतियार जडान नगरिएको बेइजिङले जनाएको छ । एक साताअघि राष्ट्रपति सी जिनपिङले हतियार विकासमा नयाँ आधार तोडेर विश्वकै एक नम्बरको सेना बनाउन चिनियाँ वैज्ञानिकहरुलाई निर्देशन दिएका थिए ।







डिसी नेपाल







Facebook Comment