सर्बसाधरणले जस्तै अमेरिकामा काम गर्न चाहन्छिन् पूर्व राजकुमारी माको

डिसी नेपाल
१२ कार्तिक २०७८ १२:००
496
Shares

न्युयोर्क । यसै साता प्रेमीसँग बैबाहिक बन्धनमा गाँसिएकी राजकुमारी माको न्युयोर्कको सिटीको सिंगल बेडरुम अर्पाटमेन्टमा बस्ने भएका छन्। विवाहलगत्तै राजकीय उपाधि गुमाएकी माकोको लामो समयदेखिका प्रेमी केही कोमुरोसँग विवाह भएको थियो। ३० वर्षीय कोमुरो अमेरिकामा वकालती पेसा गर्छन्।

उनीहरु बस्ने अर्पाटमेन्टको मासिक भाडा खुलाइएको छैन्। तर, उनीहरु बस्ने भनिएको म्यानहटनमा एउटा बेडरुमसहितको अर्पाटमेन्टको मासिक भाडा ३ हजारदेखि ११ हजार डलर छ।

राजकीय उपाधि गुमाएपछि जापानको दरबारले प्रदान गरेको १४ करोड यान लिन उनले अस्वीकार गरेकी थिइन्। उपाधि गुमेपछि दरबाट पैसा नलिने माको जापानकै रजापरिवारको इतिहासमा पहिलो महिला हुन्। सर्वसाधरणसँग विवाह गरेकी उनले सामान्य जीवन विताउन चाहेको उनी निकटका व्यक्तिहरुले बताउदै आएका छन्।

माकोले अमेरिकामा नै काम खोज्ने बताउँदै आएकी छिन्। विवाहअगाडि उनी जापानको एउटा संस्थामा आबद्ध थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *