सामाजिक संजालमा ‘मलाई पुरुष मन पर्दैनन्’ लेख्दा महिला अधिकारकर्मीलाई जेल हालियो
काठमाडौं। टर्कीकी एक महिला अधिकारकर्मीलाई उनले गरेको एक ट्वीटका कारण जेल सजाय सुनाइएको छ । यी महिलाले पुरुषहरुका विषयमा एक ट्वीट गरेकी थिइन् जसलाई पुरुषहरुको अपमान ठहर गर्दै महिलालाई ५ महिनाको जेल सजाय सुनाइएको हो । यी महिला अधिकारकर्मीले भने त्यो ट्वीटमा पुरुषहरुलाई अपमानित गर्ने कुनै कुरा नभएको दावी गरेकी छिन् ।
डेलीस्टारको एक रिपोर्टअनुसार ३४ वर्षीय पिनार यिलदिरिमलाई ‘पुरुषहरुको अपमान’ गरेको अपराधमा ५ महिनाको जेल सजाय सुनाइएको हो । अदालतले पिनारले गरेको एक ट्वीटलाई पुरुषहरुको लागि अपमानजनक ठहर गरेको छ र उनलाई जेलमा हाल्ने आदेश दिएको छ । पिनारका अनुसार उनले ट्वीटमा ‘म अझै पनि पुरुषहरुलाई मन पराउँछु’ लेखेकी थिइन् ।
अदालतमा भने उक्त ट्वीटलाई अतिरञ्जित तरिकाले प्रस्तुत गरेर यसलाई ‘म पुरुषहरुलाई मन पराउँदिन’ भन्ने अर्थ लगाइएको उनले दावी गरेकी छिन् । रिपोर्टका अनुसार पिनार महिला अधिकारका लागि लड्ने अभियन्ता हुन् । सामाजिक संजालमा उनका १.९ मिलियन फलोअर छन् । उनले कैयौं किताब पनि लेखेकी छिन् ।







डिसी नेपाल







Facebook Comment