सुपरस्टार पुनित राजकुमारको मृत्युको शोकमा ३ जना फ्यानको मृत्यु

डिसी नेपाल
१३ कार्तिक २०७८ १५:३६
7.1k
Shares

काठमाडौं। कन्नड सुपरस्टार पुनित राजकुमारको अन्तिम संस्कार भोलि गरिने भएको छ । पुनितकी छोरी वंदिता अमेरिकाबाट आज भारत आइपुग्नेछिन् । वन्दितालाई दिल्लीबाट बैंगलुरु पुर्याउनको लागि राज्य प्रशासनले विशेष विमानको व्यवस्था गरेको छ ।

पुनितको मृत्युको शोक फ्यानहरुले झेल्न सकिरहेका छैनन् । कर्नाटकको चामराजनगर जिल्लाको हनुर तालुकाको मारो गाउँमा ३० वर्षका एक फ्यानलाई खबर सुन्नासाथ हृदयाघात भयो र उनको घटनास्थलमै मृत्यु भयो । मृतकको नाम मुनियप्पा हो पो किसान थिए । बेलगावीको शिंदोली गाउँमा अर्का फ्यानको मृत्यु पनि हृदयाघातका कारण भयो । रिपोर्टका अनुसार अर्का एक फ्यानले अभिनेताको निधनको खबर आउनासाथ बेलगावीको अथानी गाउँमा आत्महत्या गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.