अनेरास्ववियुद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

डिसी नेपाल
१३ कार्तिक २०७८ १८:३०
48
Shares

काठमाडौं ।एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि नरोकिएमा आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी छ । अनेरास्ववियु अध्यक्षमा सुनिता बरालले जारी गरेको विज्ञप्तिमा तत्काल बढेको मूल्य फिर्ता गर्न माग गरिएको छ ।

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका कारण नेपाली जनताको जनजीवन प्रभावित भएको अनेरास्ववियुको ठहर छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष गाँसिएका वस्तुहरू प्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदममा लागेको अनेरास्ववियुको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.