नेपालको ३० वर्षको बजेटभन्दा धेरै पैसा व्यवस्थापन गरिरहेका व्यक्ति रहस्यमय तरिकाले गायब
काठमाडौं। नेपालको चालु आर्थिक वर्षको बजेटको हिसाबले भाग लगाउँदा ३३ वर्षसम्मको बजेट बराबर हुने पैसाको व्यवस्थापन गरिरहेका व्यक्ति अचानक रहस्यमय तरिकाले गायब भएका छन् । साउदी राजपरिवारको पूरै विश्वमा फैलिएको लगानीको रेखदेख र व्यवस्थापन गर्ने व्यवस्थापक यासिर अल रुमायन अचानक संदिग्ध तरिकाले गायब भएपछि सनसनी फैलिएको छ ।
यासिरको काँधमा सायदी राजपरिवारको करिब ४५० अर्ब डलर (५३९ खर्ब, ३५ अर्ब रुपैयाँ) बराबरको पब्लिक इन्भेस्टमेन्ट फण्डको व्यवस्थापन र रेखदेखको जिम्मेवारी थियो । उनलाई यो पैसा साउदी शासनको तर्फबाट अन्य देशहरुमा लगानी गर्ने जिम्मेवारी दिइएको थियो । न्यूयोर्क टाइम्सका अनुसार यासिरले आफ्नो सरकारको तर्फबाट रियादमा बोलाइएको वार्षिक लगानी सम्मेलनको कार्यक्रम संचालन गर्नुपर्ने थियो ।
तर, उनी सम्मेलनमा आफ्नो सुरुवाती टिप्पणी गर्नको लागि पनि उपस्थित भएनन् र पछि गोल्डम्यास सेस र पैसा व्यवस्थापन कम्पनी ब्ल्याकरकका प्रमुख कार्यकारी अधिकारीहरुसँग हुने प्यानल छलफलमा पनि भाग लिएनन् । यासिरको अनुपस्थितिका कारण ती लगानीकर्ताहरुमा खैलाबैला मच्चिएको छ जसले साउदी अरेबियामा लगानी गरेका छन् ।
विज्ञहरुका अनुसार यी कम्पनीहरुमा पहिलेदेखि नै चिन्ता छ कि साउदी राजशाही पब्लिक इन्भेस्टमेन्ट फंडलाई आफ्नो नियमअनुसार संचालित गर्न सक्छ । उनीहरु यो रकममा पारदर्शिता साउदी राजशाहीको प्राथमिकतामा नभएकोप्रति चिन्तित छन् ।
यासिर बेपत्ता भएपछि उनी कोभिड–१९ बाट पीडित भएको हल्ला पनि चलेको छ । लगानी सम्मेलनमा सहभागी हुने ४ जनाले न्यूयोर्क टाइम्ससँग यासिर कोभिड १९ संक्रमित भएको पुष्टि गरेका छन् । यी ४ जना यासिरका निकै निकट मानिन्छन् । यद्यपि यी ४ जनाको दावीको पुष्टि भएको छैन ।







डिसी नेपाल







Facebook Comment