आफ्नै विद्यार्थीसँग प्रधानाध्यापकको अश्लील नृत्य, स्कुलले नै फेसबुकमा फोटो हाल्यो

डिसी नेपाल
१४ कार्तिक २०७८ १४:४६
1.7k
Shares

काठमाडौं। विद्यालयलाई असल संस्कार सिकाउने स्थल मानिन्छ । मातापिता र परिवारले घरमा सिकाएको संस्कारबाहेक थप संस्कार विद्यालयले सिकाउने विश्वस गरिन्छ । तर, अमेरिकामा भने एक स्कुलले आफ्ना विद्यार्थीहरुलाई अश्लील नृत्य गराएपछि यसले ठूलो विवाद सृजना गरेको छ । यो घटनाका तस्वीरहरु सामाजिक संजालमा भाइरल भएपछि प्रशासनले जाँचको आदेश दिएको छ ।

फोटोहरुमा स्कुलभित्र छात्राहरु शिक्षक र प्रिन्सिपलको काखमा बसेर अश्लील नृत्य (ल्याप डान्स) गरिरहेको देखिएका छन् । डेलीमेलका अनुसार घटना केन्टुकीको हजार्ड हाइस्कुलमा भएको हो । फोटोमा सकुलका छात्राहरुलाई उत्तेजक पहिरनमा देखिएको छ । यो घटनाका कैयौं तस्वीरहरु स्कुलको फेसबुक पेजमा पनि शेयर गरियो त्यसपछि यो विषयमा तब्रि विवाद भएको हो ।

तस्वीरमा शिक्षकहरु हाँसिरहेका देखिन्छन् । यीमध्ये स्वयं स्कुलका प्रिन्सिपल डोनाल्ड मोबलिनी पनि छन् । घटनापछि प्रिन्सिपलविरुद्ध कारवाहीको माग गरिएको छ । यसअघि पनि प्रिन्सिपलमाथि विद्यार्थीको अगाडि रक्सी र चुरोट पिएको आरोप पनि लागेको थियो । विवाद बढेपछि प्रशासनले जाँचको आदेश दिएको छ । स्कुल प्रशासनले यो घटनाको लागि माफी पनि मागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *