इरानका कारण लेबनानसँग तनाव बढिरहेको छ : साउदी अरब
काठमाडौं। साउदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान ले साउदी अरेबिया र लेबनानको बीचमा कुनै तनाव नभएको बरु तनाव लेबनानभित्र भएको र यो इरानका छद्म शक्तिहरुका कारण भइरहेको बताएका छन् । जी–२० बैठकमा सहभागी हुनका लागि इटली पुगेका विदेश मन्त्री फरहानले समाचार वेबसाइट अल बराबियासँग कुरा गर्दै यस्तो बयान दिएका हुन् ।
उनले भने ‘लेबनानमा धेरै सुधारको आवश्यकता छ जसबाट उसको सम्प्रभुता, शक्ति र अरब जगतमा स्थान फेरि कायम होस् । लेबनानको राजनीतिक तन्त्रमा हिजबुल्लाहको प्रभुत्व हाम्रो लागि चिन्ताजनक छ र यसका कारण लेबनानसँग कुनै पनि सम्झौता गर्नुको कुनै अर्थ रहँदेन ।’ उनले अगाडि भने ‘हामी लेबनानको मामिलामा हस्तक्षेप गर्दैनौं र उनीहरुलाई केही पनि गर्नको लागि सल्लाह दिँदैनौं ।’
यसै हप्ता लेबनानका सूचना मन्त्रीको एक पुरानो बयानका कारण दुई देशबीचको सम्बन्ध खराब भएको छ । लेबनानका सूचना मन्त्री जर्ज कोर्दाहीले पद सम्हाल्नुभन्दा पहिले एक टेलिभिजन कार्यक्रममा यमनमा युद्धलाई साउदी अरबको आक्रामकता भनेका थिए । उनको यो बयान भाइरल भएपछि साउदी अरब र बहराइनले लेबनानी राजदूतलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिएका थिए । यसका साथै साउदीले लेबनानबाट आउने सामानमा रोक लगाएको थियो ।







डिसी नेपाल







Facebook Comment