पटना सिरियल विष्फोट केसमा ४ जनालाई फाँसीको सजाय सुनाइयो

डिसी नेपाल
१५ कार्तिक २०७८ १७:०८
152
Shares

काठमाडौं। भारतको पटनास्थित गान्धी मैदानमा भएको सिरियल बम विष्फोटको मुद्दामा एनआइए अदालतले ९ जना आतंकवादीहरुलाई सजाय सुनाएको छ । विशेष एनआइए अदालतका न्यायाधीश गुरविंदर सिंहले चार आतंकवादीहरुलाई फाँसीको सजाय सुनाएका छन् । दुई जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । २ जनालाई १० वर्षको कैद र एक जनालाई ७ वर्षको कैद सुनाइएको छ ।

तत्कालीन समयमा प्रधानमन्त्रीको उम्मेदवार रहेका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको र्यालीमा भएको बम विष्फोट मुद्दामा थुनामा रहेका १० जनामध्ये ९ जनालाई गएको अक्टोबर २७ मा दोषी ठहर गरिएको थियो । एनआइए अदालतले नोमान अन्सारी, हैदर अली उर्फ अब्दुल्लाह उर्फ ब्ल्याक ब्युटी, मोहम्मद मोजिबुल्लाह अन्सारी र इम्तियाज अन्सारी उर्फ आलमलाई फाँसीको सजाय सुनाएको हो । उमर सिद्दीकी र अजहरुद्दीनलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *