प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना
काठमाडौं। आज मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ। राति हिमाली भूभागमा हिमपातको सम्भावना छ। बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment