सबैभन्दा महंगो घरको रेकर्ड बनाउँदै बिक्री भयो समुद्रतिर फर्किएको घर
काठमाडौं। अमेरिकामा समुद्र किनारमा बनेको स्पा र सिनेमा हल सहितको घर २१ अर्ब रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री भएको छ । यससँगै यो घर क्यालिफोर्नियामा सबैभन्दा महंगोमा बिक्री भएको सम्पत्ति बनेको छ । क्यालिफोर्नियाको मालिबुमा समुद्र किनारमा बनेको यो खास घरलाई उद्यमी र पुँजीपति मार्क आन्द्रेसेनले १७७ मिलियन डलरमा किनेका हुन् ।
वाल स्ट्रिट जर्नलका अनुसार यो सम्पत्ति पहिले जोय इक्विपमेन्ट एण्ड करन्ट इलियट ब्राण्ड फेसनका मालिक सर्ज अजियाको थियो । उनले २०१३ मा यो घरलाई ४१ मिलियन डलरमा किनेका थिए । यो घरको अहिले भएको बिक्री क्यालिफोर्नियाकै सबैभन्दा महंगो सम्पत्ति बिक्री बनेको छ । यसअघि अमेजनका संस्थापक जेफ बेजोसले गत वर्ष १६५ मिलियन डलरमा मिडिया टाइकुन डेभिड गेफेनसँग वार्नर एस्टेट किनेका थिए ।
अहिले बिक्री भएको घर अमेरिकाको दोस्रो महंगो सम्पत्ति बिक्री पनि बनेको छ । २०१९ मा अर्बपति केन ग्रिफिनले २३८ मिलियन डलरमा किनेको न्यूयोर्क सिटी पेन्टहाउस अमेरिकाको सबैभन्दा महंगो सम्पत्ति कारोबार हो । यो घर १० हजार वर्गफुटमा बनेको छ । यसमा सिनेमा हल, स्पा जस्ता सुविधासहित स्विमिङ पुल र कैयौं गेस्ट हाउस पनि छन् ।







डिसी नेपाल







Facebook Comment