बेलायतमा एक जना व्यक्तिको घर नै चोरी भयो
काठमाडौं। बेलायतमा एक जना व्यक्तिको घर नै चोरी भएको छ । घरबाहिर रहेका उनले घरमा फर्किएर हेर्दा उनको घर खाली गरिसकिएको थियो र उनको जानकारी बिना बेचिइसकेको थियो । मालिक रेवरेंड माइक हललाई यसबारेमा छिमेकीले बताएपछि उनी तत्काल लुटन शहरमा आफ्नो घर फर्किएका थिए । यहाँ उनले देखे कि उनको घरमा काम भइरहेको थियो र त्यहाँ भएका एक व्यक्तिले अब यो घरको मालिक आफू भएको दावी गरिरहेका थिए ।
बीबीसीले यो मामिलामा जाँच गरेर यो मामिला पहिचान चोरीको भएको पाएको छ । माइक हलको पहिचान चोरी गरेर उनको घर बेचिएको थियो र बैंकबाट रकम समेत चोरी गरिएको थियो । पुलिसले सुरुमा उनलाई यो धोखाधडीको मामिला नभएको बताएको थियो तर अब पुलिसले यसको जाँच गरिरहेको छ ।
यो घरका मालिक माइक हल त्यहाँ बस्दैनन् । उनी कामको लागि नर्थ वेल्समा बस्छन् । उनका अनुसार २० अगष्टमा उनका छिमेकीले उनलाई फोन गरेर उनको घरमा कोही भएको र बत्ती बलिरहेको बताए । त्यसपछि उनी तत्कालै घरमा पुगे । उनले बीबीसी रेडियो ४ को कार्यक्रम ‘यु एण्ड योर्स’ मा भने ‘मैले ढोका खोल्ने कोसिस गरें तर त्यो खुलेन । त्यसपछि एक व्यक्तिले ढोका खोले । मैले उनलाई धक्का दिएर भित्र गएँ । मलाई केही थाहा थिएन कि उनी त्यहाँ के गरिरहेका थिए । भित्रको अवस्था देखेर म चकित परें । फर्नीचर, कार्पेट, पर्दा केही पनि थिएन ।
ती व्यक्तिले माइकसँग आफू बिल्डर भएको र काम गरिरहेको बताए । त्यसपछि माइक हलले मैले यो घर बेचेको छैन, यो मेरो घर हो भने । त्यसपछि उनले पुलिसलाई फोन गरे । तर, बिल्डर त्यहाँबाट निस्किए र नयाँ घरमालिकका पितालाई लिएर आए । पिताले यो घर जुलाइमा किनेको र अब यो आफ्नो घर भएको बताए ।
माइक हलले भने ‘त्यसपछि हामीले रजिष्ट्रीको अनलाइन रेकर्ड खोज्यौं र पायौं कि त्यहाँ ४ अगष्टमा साँच्चै कोही अरुकै नाम दर्ता छ । पुलिसले त्यसपछि हामी केही गर्न सक्दैनौं भन्यो । उसले यो मामुली मामिला हो र वकिलसँग कुरा गर्नुपर्छ भन्यो । मेरो लागि अझै ठूलो झट्का थियो । एक त म पहिले नै घरको हालत देखेर दुःखमा थिएँ त्यसमाथि पुलिसले यो आपराधिक मामिला होइन भनेको सुन्दा मलाई विश्वास नै भएन ।’
यु एण्ड योर्सले त्यो ड्राइभिङ लाइसेन्स बरामद गरेको छ जसको माध्यमबाट माइक हलको पहिचान चोरियो । साथमा उनको बैंक खाताको विरण पनि हासिल गरियो जसमा घर बेचेको पैसा जम्मा भयो । घर चोरीसँग सम्बन्धित फोन रेकर्डिङ पनि हासिल गरिएको छ ।
१ लाख ३१ हजार पाउण्ड अर्थात २ करोड १३ लाखमा बेचिएको द्धर कानुनी रुपमा अब नयाँ मालिकको हो । घर बिक्रीसँग सम्बन्धित वकिलहरुका अनुसार या पुलिस जाँचको विषय हो त्यसैले उनीहरु यस विषयमा केही भन्न सक्दैनन् । एक कानुनी फर्मले भन्यो ‘हामी पुलिसलाई सहयोग गर्छौं र आफ्नो कानुनी दायित्व पूरा गर्छौं ।’







डिसी नेपाल







Facebook Comment