प्रदेशको नामकरण पहिलो प्राथमिकताः मुख्यमन्त्री राई

डिसी नेपाल
१६ कार्तिक २०७८ २०:४०
60
Shares

मोरङ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् ।

मुख्यमन्त्री पदको शपथ ग्रहण समारोहपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान सरकारको पहिलो प्राथमिकता रहने छ भने । मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी पनि दिए ।

उनले सरकार सञ्चालनका लागि गठबन्धन दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरिने जानकारी दिदैं गठबन्धन दलबीच छलफल पछि पुनः बजेट ल्याउन सकिने धारणा व्यक्त गरे। मुख्यमन्त्री राईले विकासका कामलाई प्राथमिकता दिन योजना छनोटमा प्रदेश सदस्यको महत्वपूर्ण भूमिका हुनेछ भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *