अमेरिकामा ३ देखि ११ वर्षका बालबालिकालाई पनि फाईजर खोप दिइने

डिसी नेपाल
१७ कार्तिक २०७८ १०:०८
60
Shares

न्युयोर्क। अमेरिकाले पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाईजर खोप स्वीकृत गरेको छ। योसँगै अब अमेरिकामा सो उमेर समूहका लाखौं बालबालिकाले खोप लगाउन पाउने भएका छन्।

रोग नियन्त्रण तथा उन्मुलन केन्द्र (सीडीसी) ले बालबालिकाका लागि खोप अनुमोदन गरेको हो। अमेरिकामा यसअघि १२ वर्षमाथि बालबालिकामा फाइजर दिइएको थियो। अनुमोदनपछि अमेरिकामा दुई करोड ८० लाख बालबालिकाले फाइजर खोप लगाउने भएका छन्। जनजीवनलाई सामान्य बनाउन बालबालिकालाई पनि खोप आवश्यक भएको विज्ञहरुले सुझाव दिँदै आएका थिए।

यसअघि सीडीसीका विज्ञको एउटा टोली र त्यहाँको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले पाँच वर्ष माथिका बालबालिकालाई फाइजर खोप लगाउन सकिने जनाएका थिए।

कोभिड नियन्त्रणका लागि खोप ९१ प्रतिशत प्रभावकारी हुने एफडीएका अधिकारीहरुले बताएका छन् । खोप लगाएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता १६ देखि २५ वर्षका व्यक्तिहरुको जस्तै हुने विज्ञहरुको भनाई छ । खोप लगाएपछि कुनै ‘साईड इफेक्ट’ नदेखिने पनि उनीहरुले बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *