भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता

डिसी नेपाल
१८ कार्तिक २०७८ ७:२४

नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ। डब्लूएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो।

तेस्रो चरणको क्लिनिकल परीक्षण जारी रहेकै बेला जनवरीमा सो खोपलाई भारतमा अनुमोदन गरिएको थियो। अनुमोदनपछि त्यसबारे चासो बढेको थियो। खोप निर्माता भरत बायोटेकले खोप ७८ प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएको थियो।

बायोटेकका अध्यक्ष डा. कृष्ण इलाले खोप २०० प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएका थिए।

खोपको जोखिमभन्दा पनि फाइदा भएको डब्लूएचओले एउटा ट््विटमा उल्लेख गरेको छ।

गत महिना भरत बायोटेकले भरेर पठाएको फाईल जाँच गर्ने क्रममा डब्लूएचओको विज्ञहरुको एउटा प्यानलले कम्पनीसँग अझै बढी तथ्यांक उपलब्ध गराउन माग गरेको थियो।

डब्लूएचओले सो खोप चार साताको अन्तरमा १८ वर्ष माथिका व्यक्तिलाई दुई डोज दिन सकिने सुझाव दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *