सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा ८०.९ अमेरिकी डलर

डिसी नेपाल
१८ कार्तिक २०७८ २२:२०
340
Shares

वासिङ्टन । अमेरिकी अग्रिम अन्तर्राष्ट्रिय व्यापार घाटा सेप्टेम्बरमा उच्च रेकर्ड भई ८०.९ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य विभागले बिहीबार जानकारी गराएको छ ।

यो तथ्याङ्कले ढुवानीभन्दा अगाडि गरिएको भुक्तानीलाई जनाउँछ र यो ११ प्रतिशतको वृद्धि हो ।

“अमेरिकी तथ्याङ्क विभाग र अमेरिकी आर्थिक विश्लेषण विभागले सेप्टेम्बर महिनामा समान तथा सेवा घाटा ८०.९ अर्ब अमेरिकी डलर भएको घोषणा गरेको छ । अगस्तमा यो घाटामा ८.१ अर्ब अमेरिकी डलरबाट बढेर ७२.८ अर्ब अमेरिकी डलर पुगेको थियो ।”

विभागको पूर्व प्रक्षेपण अनुसार सेप्टेम्बरमा निर्यात २०७.६ अर्ब अमेरिकी डलर थियो जुन अगस्तमा भन्दा ६.४ अर्ब अमेरिकी डलर कम हो भने सेप्टेम्बर महिनामा आयात २८८.५ अर्ब अमेरिकी डलर पुगेको छ । अगस्तमाभन्दा १.७ अर्ब अमेरिकी डलर बढी सेवा तथा सामान विदेशबाट आयात गरिएको थियो ।

“सामान तथा सेवा घाटामा सेप्टेम्बरको वृद्धिले ८.९ अर्ब अमेरिकी डलर बढेर ९८.२ अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्कमा छ ।

सन् २०२० देखि अन्तरराष्ट्रिय व्यापार घाटा १५८.७ अर्ब अमेरिकी डलर वा ३३.१ प्रतिशत बढेको देखिएको छ । अमेरिकी आयात ४३२.८ अरब अमेरिकी डलर वा २१.१ प्रतिशतले बढेपछि निर्यात २७४.१ अर्ब अमेरिकी डलर वा १७.४ प्रतिशत कायम भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *