सामान्य विवादमा लाठी प्रहार गरी श्रीमतीको हत्या

डिसी नेपाल
२० कार्तिक २०७८ ११:४५
132
Shares

काठमाडौं ।दाङको गढवा गाउँपालिका वडा नं. ६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरि हत्या गरेका छन्।

मदिरा सेवन गरेका थापाले सामान्य विवादको क्रममा श्रीमती सुनितालाई लाठीले टाउको, घाँटीलगायतमा आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। दुई छोरामध्ये एउटा छोरा तिहार मनाउन गएको र अर्को छोरा गाउँमा साथीको घरमा गएको बेला श्रीमान श्रीमतीबीच विवाद भएको प्रहरीको भनाइ छ।सुनिता थापाकी कान्छी श्रीमती हुन्।

हत्या आरोपित थापा भने फरार रहेको र खोजीकार्य थालिएको प्रहरीले जनाएको छ। हत्या आरोपित थापा फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.