सुपरस्टार गायिका मारिया मेन्डोंकाको २६ वर्षको उमेरमा हवाइ दुर्घटनामा निधन

डिसी नेपाल
२० कार्तिक २०७८ १३:०१
5.7k
Shares

काठमाडौं। ब्राजिलकी सुपरस्टार गायिका मारिया मेन्डोंकाको २६ वर्षको उमेरमा शुक्रबार विमान दुर्घटनामा निधन भएको छ । ब्राजिलको दक्षिण पश्चिमी राज्य मिनास गेराइसमा भएको दुर्घटनामा उनको निधन भएको हो । दुर्घटनाका बेला उनी एक कन्सर्टको लागि जाँदै थिइन् । दुर्घटनामा गायिकासहित अन्य ४ जनाको ज्यान गएको छ ।

सीएनएनका अनुसार दुर्घटनाको कारण अझै अनुसन्धानको क्रममै छ तर शुक्रबार जारी भएको प्रारम्भिक जानकारीअनुसार विमान एउटा टावरबाट गएको केबलमा ठोक्किएको थियो । मिनास गेराइसका पुलिस प्रमुख इभान लोपेस सेल्सले शुक्रबार पत्रकार सम्मेलनमा अहिले नै दुर्घटनाको कारण यकिन गर्नु हतार हुने भए पनि दुर्घटनास्थलमा पाइएका अवशेसले विमान खस्नुअघि केही चीजसँग ठोक्किएको संकेत गरेको बताए ।

देशकी चर्चित गायिक तथा ल्याटिन ग्रामी विजेताको निधनले ब्राजिलमा शोकको लहर छ । फुटबल स्टार नेयमार सहितका चर्चित हस्तीहरुले गायिकालाई श्रद्धाञ्जली दिएका छन् । गायिका ब्राजिल अन सोपिफाइ २०१९ र २०२० मा सबैभन्दा धेरै सुनिएकी गायिका थिइन् । उनका इन्स्टाग्राममा ३८ मिलियन फलोअर छन् । गायिकाका निकटका साथी नेयमारले ट्वीटरमा लेखेका छन् ‘म यो विश्वास गर्न अस्वीकार गर्छु, म अस्वीकार गर्छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *