कालाबांगमा विद्युत् सेवा

डिसी नेपाल
२१ कार्तिक २०७८ ६:५६
56
Shares

गलेश्वर । वर्षौदेखि टुकी र सिठाको धिपधिपे उज्यालोमा जीवन यापन गर्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानी कालाबांगवासी केन्द्रीय प्रसारण लाइनको विद्युत्ले गाउँ नै झिलीमिली भएपछि खुशी छन्।

पाखापाखानीको कमथानदेखि घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीका ५० घरमा विद्युत् विस्तार भएको छ। नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले यी गाउँमा विद्युतीकरण गरेपछि गाउँ उज्यालो भएको रघुगंगा –६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए।

यसअघि त्यहाँका बासिन्दा लघुजलविद्युत परियोजनाको विजुली, सोलार र टुकिमा निर्भर थिए। केन्द्रीय लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको उनले जानकारी दिए। विद्युतीकरणका लागि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएकोे थियो। रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसंख्याको बसोबास छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.