विश्वमा कोरोना : अझै पनि करिव २ करोड सक्रिय संक्रमित

डिसी नेपाल
२२ कार्तिक २०७८ ६:२९
60
Shares

काठमाडौैं । विश्वभर कोरोना भाइरसका करिव २ करोड सक्रिय संक्रमित रहेका छन्। तथ्यांक अनुसार हालसम्म १ करोड ८७ लाख दुई हजार छ सय २१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

हालसम्म विश्वभरमा २५ करोड पाँच लाख ९७ हजार पाँच सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५० लाख ६४ हजार चार सय ५० जनाले कोरोनाका कारण ज्यान गुमाएकाछन् भने २२ करोड ६८ लाख ३० हजार चार सय ३२ जना निको भइसकेका छन्।

कोरोनाबाट संक्रमित हुनेमा सबै भन्दा बढी अमेरिकामा चार करोड ७३ लाख ३६ हजार पाँच सय ७७ जना रहेका छन्। यस्तै भारतमा तीन करोड ४३ लाख ६६ हजार छ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ब्राजिलमा दुई करोड १८ लाख ८० हजार चार सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा सबै भन्दा बढी रसियामा ३९ हजार एक सय ६५ जना कोरोनाका संक्रमित थपिएका छन् भने एक हजार एक सय ७९ जनाले ज्यान गुमाएका छन्। रसियामा हालसम्म ८७ लाख ९५ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई लाख ४६ हजार आठ सय १४ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ।

यस्तै पछिल्ला २४ घण्टामा अमेरिकामा २३ हजार १ सय ६५ जना कोरोनाका संक्रमित थपिएका छन्। यस्तै, भारतमा ११ हजार छ सय ४८, टर्कीमा २५ हजार ३ सय ४, जर्मनीमा २० हजार सात सय १, यूक्रेनमा १७ हजार र पोल्याण्डमा १२ हजार बढी कोरोनाका संक्रमित थपिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *