सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धानका लागि अमेरिकाको सहयोग मागियो
काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धानमा भारतीय जाँच एजेन्सी सीबीआइले अमेरिकासँग सहयोग मागेको छ । सीबीआइले सुशान्तको सामाजिक संजाल खाताहरु र इमेलको डिलिट गरिएको डाटा फेरि प्राप्त गर्नको लागि अमेरिकी कम्पनीहरु गुगल र फेसबुकसँग सहयोगको लागि आग्रह गरेको छ ताकि अतितमा उनको मृत्युसँग सम्बनिधत कुनै सुराग भए त्यसलाई बुझ्न सकियोस् ।
हिन्दुस्तान टाइम्सले यो विषयमा जानकारी भएका व्यक्तिहरुबाट प्राप्त सूचनाको आधारमा यो रिपोर्ट प्रकाशित गरेको छ । सुशान्त सिंह राजपुतको शव १४ जून २०२० मा मुम्बइको बान्द्रास्थित उनको घरमा भेटिएको थियो । सुशान्तको मृत्युको मामिलामा उनकी प्रेमिका रिया चक्रवर्ती सहित उनको परिवारमाथि आरोप लगाइएको थियो । रियाले भने सबै आरोपहरु गलत भएको बताउकी छिन् ।
हिन्दुस्तान टाइम्सका अनुसार सीबीआइले पारस्परिक विधिक सहायता सन्धि (एमएलएटी) अनुसार गुगल र फेसबुकसँग सुशान्त सिंहको डिलिट भइसकेका च्याट, इमेल वा पोस्टको जानकारी मागेको छ ताकि तिनिहरुको जाँच गर्न सकियोस् । भारत र अमेरिकाको बीचमा पारस्परिक विधिक सहायता सन्धि भएका कारण दुवै देशले घरेलु मामिलाको जाँचमा एक अर्कासँग सूचना माग्न सक्छन् ।
भारतमा गृह मन्त्रालयले एमएलएटी अन्तर्गत सूचना प्राप्त गर्न वा साझा गर्न सक्छ भने अमेरिकामा यो अधिकार महान्यायाधिवक्तासँग हुन्छ । पहिचान नखुलाउने शर्तमा एक अधिकारीले टाइम्ससँग भने ‘हामी अनुसन्धान पूरा गर्नुभन्दा पहिले कुनै पनि कमी छोड्न चाहँदैनौं । हामी जान्न चाहन्छौं कि कुनै डिलिट गरिएको च्याट वा पोस्ट थियो कि थिएन जो यो मामिलामा काम लाग्न सक्छ ।’ एमएलएटी अन्तर्गत जानकारी प्राप्त हुन समय लाग्न सक्छ किनकि यो लामो प्रक्रिया हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment