माैसममा सुधार, आज पानी पर्ने सम्भावना न्यून
काठमाडौं। नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन। मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। तर, पछिल्लो २४ घन्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment