सानिया मिर्जाले आफ्ना पतिका लागि ताली बजाउँदा सामाजिक संजालमा हंगामा

डिसी नेपाल
२३ कार्तिक २०७८ १२:४६

काठमाडौं। टि–२० विश्वकपको सेमिफाइनल हेर्नेहरुमा सानिया मिर्जा एक्ली भारतीय होलिन् वा नहोलिन् भन्ने स्पष्ट भन्न सकिँदैन तर सामाजिक संजालमा चलिरहेको यो विषयको आफ्नै कारण छ । भारत विश्वकपबाट बाहिरिइसकेको छ । इङल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र अस्ट्रेलिया सेमिफाइनल पुगेका छन् । भारत अन्तिम खेल नखेल्दै बाहिरिइसकेको थियो ।

सामाजिक संजालमा भने सानिया मिर्जाको चर्चा छ । सानिया मिर्जाका पति शोएब मलिकले आइतबार स्कटल्याण्डविरुद्ध १८ बलमा ५४ रनको तुफानी इनिङ खेले । त्यो खेल सानिया मिर्जाले स्टेडियममै बसेर हेरिरहेकी थिइन् । उनले शोएब मलिकलाई हौसला दिइन्, उत्साह बढाउनको लागि ताली बजाइन् र सामाजिक संजाल, खासगरी ट्वीटरमा हंगामा मच्चियो ।

खासमा सानिया मिर्जा भारतीय खेलाडी हुन् । टेनिस स्टार सानियाले भारतकै झण्डामुनि खेलेर कैयौं विश्वस्तरीय उपाधि जितिसकेकी छिन् । उनका पति शोएक मलिक पाकिस्तानी हुन् । पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका शोएब मलिकसँग बिहे गरेकी भए पनि सानिया अझै पनि भारतीय झण्डामुनि नै अन्तर्राष्ट्रिय खेल खेल्छिन् । यही कारण यो विषयले सामाजिक संजाल तातेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *