प्राइम लाइफको साधारणसभा १९ मंसिरमा, लाभांश प्रस्ताव विशेष एजेण्डा

डिसी नेपाल
२३ कार्तिक २०७८ १४:१८
60
Shares

काठमाडौं। प्राइम लाइफ इन्स्याेरेन्सले १९ मंसिरमा १४औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा दिउँसो २ बजे सुरु हुनेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले १० मंसिरमा बुक क्लोज गर्दै छ । यसअनुसार ९ मंसिरसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.