चीनले भारतको सीमाभित्र छिरेर अरुणाचल प्रदेशमा विशाल गाउँ बसायो
काठमाडौं। अरुणाचल प्रदेशमा लाइन अफ एक्चुअल कन्ट्रोलमा चीनले गाउँ बनाएको छ । अमेरिकी रक्षा विभाग पेन्टागनले यसको दावी गरेको हो । रिपोर्टका अनुसार चीनले अरुणाचल प्रदेशको सुबनसिरी जिल्लामा यो गाउँ बनाएको हो । यहाँ चीनले आफ्नो सेनाको एउटा चौकी पनि बनाएको छ ।
पेन्टागनको वार्षिक रिपोर्टमा चीनले विवादित क्षेत्रमा विशाल गाउँ बनाएको बताइएको छ । रिपोर्टका अनुसार यो इलाकामा चीनले कैयौं वर्षदेखि आफ्नो सेनाको चौकी पनि राखिरहेको थियो । रिपोर्टका अनुसार चीनले यो निर्माण अहिले भर्खरै गरेको होइन । सूत्रका अनुसार चीनले यो गाउँ त्यो इलाकामा बसाएको हो जुन क्षेत्र उसले ६ दशक पहिले नियन्त्रणमा लिएको थियो ।
सूत्रले भन्यो ‘चीनले यो गाउँ त्यो इलाकामा बसाएको छ जुन १९५९ मा पिपुल्स लिबरेसन आर्मीले असम राइफल्स पोस्टमाथि कब्जा जमाएर नियन्त्रण लिएको थियो । अरुणाचल प्रदेशमा यो घटनालाई लोंगजु घटना भनिन्छ ।’ चीन र भारतबीच अहिले लाइन अफ एक्चुअल कन्ट्रोलमा तनाव छ । तनाव गर्न कैयौं पटक वार्ता भएको र सेना पछि हट्ने सहमति भएको भए पनि दुवै देशका हजारौं सैनिक त्यहाँ छन् ।
एक भारतीइ मिडियाको दावीअनुसार पेन्टागनले भारतीय सीमाभित्र बनेको जुन निर्माणलाई चिनियाँ गाउँ भनिरहेको छ त्यो लामो समयदेखि पिएलएको स्थायी क्याम्प हो । अरुणाचल प्रदेशका एक बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएअनुसार चीनले अरुणाचल प्रदेशमा भारतीय सीमाभित्र करिब साढे ५ किलोमिटर भित्र पसेर एउटा गाउँ नै बसाएको छ । यो गाउँमा १०० घर भएको बताइएको छ ।
माथिल्लो सुबनसिरीको कडुका डिभिजनमा तैनाथ एडिसनल डेप्युटी कमिश्नर डीजे बोराका अनुसार उनले २०२० मा सर्वेक्षण गर्दा त्यो विवादिन इलाकामा बस्नेहरु नागरिक थिएनन् । यो क्षेत्रमा पिएलएको कब्जा छ । बोराले भने ‘हामीले सर्वेमा त्यो क्षेत्रमा धेरै संख्यामा ठूला घरहरु पायौं जो सैन्य उद्देश्यको लागि बनाइएका प्रतिष्ठान जस्ता देखिन्थे । मलाई बताइयो कि पिएलएले १९६२ मा यस क्षेत्रमा कब्जा गरेपछि त्यहाँ उनीहरुका साना साना पोस्ट थिए ।’
बोराका अनुसार चिनियाँ सेनाले निर्माण गरेको पहाडी षेत्रमा १९६२ को युद्धसम्म भारतीय सेनाको अन्तिम पोस्ट थियो । त्यतिबेला त्यो पोस्टलाई माजा क्याम्प भनिन्थ्यो ।यो क्षेत्रलाई विवादित भनिएपछि भारतीय सेनाले त्यहाँबाट ४–५ किलोमिटर पछि हटेर आफ्नाृ सीमामा मौजुदा शिविर बनायो । चीनले संरचना निर्माण गरेको क्षेत्र मूल रुपले टेगिन समुदायको भएको बताइएको छ ।







डिसी नेपाल







Facebook Comment