छठको व्रत बसेकी महिलाको साडीमा आगो लागेपछि सख्त घाइते
सांकेतिक तस्वीर
काठमाडौं।महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला सख्त घाइते हुनुभएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे छठघाटमा पूजाको दीप प्रज्ज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका– ६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएकाले उनी सख्त घाइते भएकी हुन्।
आगोले महिलाको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेकाले उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएकामा थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएकाले गएराति नै काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment