थप ३१७ जनामा सङ्क्रमण पुष्टि, ६ जनाको मृत्यु

डिसी नेपाल
२५ कार्तिक २०७८ १६:४१

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ९ हजार ६०९ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २७९ जना कोरोना मुक्त भएका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ। हाल देशभर ७ हजार ५३५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *