युरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको धम्की

डिसी नेपाल
२६ कार्तिक २०७८ १०:४८
212
Shares

मिन्स्क। बेलारुसले युरोपमा ग्यास आपूर्ति रोकिदिने चेतावनी दिएको छ । देशको पश्चिमी सिमानामा बढ्दो आप्रावासी संकटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाइए युरोपेली मुलुकमा जाने ग्यास रोकिदिने बेलारुसले धम्की दिएको हो ।

इराक, सिरिया र यमनका हजारौं आप्रावासी युरोप छिर्ने आशमा केही दिनदेखि बेलारुसको पश्चिम सीमामा अलपत्र छन् ।

बेलारुसले आप्रवासी संकटलाई उत्तेजक बनाएको युरोपेली युनियन (ईयु) का अधिकारीहरुले आरोप लगाउदै आएका छन् । ईयुले बेलारुसमाथि नयाँ प्रतिबन्ध लगाउने योजना गरिरहेको जनाएको छ ।

इयुले चेतावनी दिइरहेका बेला बिहीबार बेलारुसका राष्ट्रपति लुकासेन्कोले ग्यास रोकिदिने धम्की दिएका हुन् । उनले भने, ‘बेलारुसमाथि इयुले थप प्रतिबन्ध लगाएमा हामीले ग्यास आपूर्ति रोकिदिन्छौं ।’

उनले अगाडि थपे, ‘हामीले युरोपलाई न्यानो बनाएका छौं, तैपनि उनीहरूले हामीलाई धम्की दिएका छन ।’ युरोप जाने रसियाको ग्यास पाईपलाईन बेलारुस हुँदै जान्छ ।

‘हामीले ग्यास आपूर्ति रोकिदियौं भने के होला ? तसर्थ पोल्यान्ड, लिथुनिया र अन्य खाली दिमाग भएको मानिसहरुलाई बोल्नु अगाडि राम्रोसँग सोच्न आग्रह गर्छु । ’ लुकासेन्कोले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *