अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय
सांकेतिक तस्वीर-
काठमाडाैं । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय तोकेको छ। गैरकानुनी संगठन खोलेको, आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको र सेनाबिरुद्ध विद्रोह गरेको अभियोगमा उनलाई सरकारले जेल सजाय तोकेको हो।
उनीमाथि यसअघि सरकारले राजद्रोह र आतंकवादसम्बन्धी गतिविधि गरेको आरोप लगाएको थियो। उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी दोषी ठहर भए जन्मकैदको फैसला हुने जनाइएको छ। उनीमाथि लगाइएको मुद्दाको सुनुवाई चार दिनपछि सुरु हुनेछ।
३७ वर्षीय फेन्सटर मे महिनामा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। यसै वर्षको सुरुमा सेनाले सत्ता हातमा लिएपछि भएको रक्तपातपूर्ण प्रदर्शनहरुमा हजारौं मानिस पक्राउ परेका थिए। प्रदर्शनका क्रममा कम्तिमा एक हजार १७८ जना मारिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment